१० कात्तिक,वीरगञ्ज ।
संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले सामुदायिक रेडियोको भूमिका समाजमा महत्वपूर्ण रहेको बताए ।
वीरगञ्जबाट प्रसारण भएको रेडियो सीमाञ्चल ९५.१ मेगाहर्जको उदघाटन गर्दै मन्त्री यादवले हरेक समयमा समाजको लागि सञ्चारक्षेत्रको अहम भूमिका रहेको र त्यसमा पनि सामुदायिक रेडियोहरुले तल्लो वर्गका आवाजहरुलाई उठाउने गरेको आफूले पाएको भन्दै सामुदायिक रेडियो लगायत सबै सञ्चार माध्यमहरुको संरक्षणका लागि राज्यको भूमिका हुनुपर्ने बताए ।
उनले विपदमा सामुदायिक रेडियोहरुले नागरिकमा सूचना सम्प्रेषण गरेर सुसूचित गराउनुका साथै नागरिकको कुरा सरकारसम्म पु¥याउने र सरकारको गतिविधिहरुपनि नागरिकसम्म पु¥याउने काम गरेको बताए ।
अहिलेको अवस्थामा सञ्चार माध्यमहरुको विकाससँगै चुनौतीहरु पनि रहेको र त्यस मध्य आर्थिक चुनौती महत्वपूर्ण भएकोले सामुदायिक रेडियोहरुका लागि लघु कृषिमा जस्तै न्यूनतम शुल्कमा विद्युत आपूर्तिको सहुलियत दिने विषयमा उर्जामन्त्रालयमा आफूले प्रस्ताव राख्ने आश्वासन दिए ।
सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप नगर्ने भन्दै मन्त्री यादवले हरेक आन्दोलनहरु सञ्चार माध्यमकै सहयोगले सफल भएको र सञ्चार माध्यममाथि सरकारले अंकुश लगाउने काम कहिल्यै नगर्नेमा विश्वस्त रहन आग्रह गरे ।
यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सञ्चार माध्यमहरुले आग्रह पूर्वाग्रहले प्रेरित भन्दापनि जनताले विश्वास गर्ने सूचना र समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
उनले समाचारहरु पूर्वाग्रही रुपमा आउने गरेको बताउदै यस्तो प्रवृत्तिले पत्रकारिताको विकास नहुने बताए ।
उहाँले आफूले सधैं सञ्चारक्षेत्रलाई सकारात्मक नै हेर्ने गरेको बताउदै कोही कसैले नकारात्मक लेखेर जनतालाई भ्रम सृजना नगराउन आग्रह गर्नुभयो । जलनशील स्वभावले पत्रकारिता, राजनीति केही पनि नचल्ने बताउदै मेयर सिंहले सत्य र यथार्थ कुराहरु सम्प्रेषण गर्न आग्रह गरे ।
नेपाल पोष्ट मिडिया प्रालीका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश महासचिव श्याम बञ्जरा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुवोध गुप्ता, वीरगन्जका अध्यक्ष अनिल पटवारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी लगायत विभिन्न पत्रकार संगठनका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुले शुभकामना मतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मिडियाका प्रबन्ध निर्देशक संतोष साह र सञ्चालन सम्पादक अशाके संग्रौलाले गरेका थिए ।