Logo

फाइल तस्बिर

११ कात्तिक,सेढवा । पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट वन गस्ती टोलीले गएराति काठ सहित एउटा मोटरसाइकल पक्राउ बरामद गरेको छ ।

गादीमाइ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दी र सब डिभिजन बन कार्यालय बसन्तपुरका रेन्जर बिजय यादवको नेतृत्वमा गएको गस्ती टोलीले गएराति २ बजेको समयमा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर–५ निचुटा गाउँ नजिकबाट बा ८५ प ५६६८ नम्बरको मोटरसाइकलमा लोड गरिएको सालको गोलिया काठ सहित मोटरसाइकल पक्राउ गरेको डिभिजन वन कार्यालय वीरगंजका डिभिजन वन अधिकृत मन्जुर अहमदले जानकारी दिए ।

सोही टोलीले जिराभवानी गाउँपालिका–५ मा पर्ने भलुवाही खोलामा बालुवा उत्खनन गरिरहेको अवस्थामा एउटा ट्रयाक्टर पनि नियन्त्रणमा लिएको डिभिजन वन अधिकृत मन्जुर अहमदले जानकारी दिए ।

बरामद गरिएको काठ सहित मोटरसाइकल र बालुवा सहित ट्रयाक्टर आवश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय बसन्तपुरमा राखि अनुसन्धान भईरहेको डिभिजन वन अधिकृत अहमदले बताए ।


सम्बन्धित समाचार