१२ कार्तिक, काठमाडौं । चर्चित हास्यव्यांग्य क्षेत्रका कलाकार मनोज गजुरेल टाँस्ने र जोडने काममा प्रयोग हुने साटो ब्राण्डको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रममा कलाकार गजुरेललाई साटोको ब्राण्ड एम्बेसडरको रुपमा घोषणा गरिएको हो ।
विश्व वजारमा उपभोक्ताको विश्वास जित्न सफल भारतमा उत्पादित साटो ब्राण्डका उपात्दनहरुको नेपालमा विक्री वितरण शुरु गरिएको छ । ट्राईनोक्स एडेसिभ कम्पनीका संचालकहरु विजय कुमार सरावगी, संजय सिंघानिया, सुजित माधोगोरिया र उमेश पंडितले हास्यव्यांग्य कलाकार गजुरेललाई ब्राण्ड एम्बेसडरको रुपमा सार्वजनिक गर्दै साटो ब्राण्डका उत्पादनको बजारीकरण शुरु भएको घोषणा गरेका थिए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर तथा कम्पनीका संचालक विजय कुमार सरावगीले अन्तराष्ट्रिय बजारमा लोकप्रिय रहेको साटोका विभिन्न ब्राण्डहरुले नेपाली बजारमा समेत उपभोक्ताको मन जित्न सक्ने विश्वास व्यक्त गरेका थिए । उनले वातावरण मैत्री र कुनै पनि काममा चाडो टास्न सक्ने साटोको नेपालका विभिन्न शहरमा आधिकारीक विक्रेताहरु समेत नियुक्त भएको बताए ।
कार्यक्रममा ट्राईनोक्स एडेसिभ कम्पनीका प्रवन्ध निर्देशक संजय सिंघानिया र प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुजित माधोगोरियाले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको साटोब्राण्डलेनेपाली उपभोक्तको पनि विश्वास जित्न सफल हुने दाबी गरेका थिए ।
भारत, चीन, हङकङ, कतार, दुवई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको साटो ब्राण्डको विश्वसनीयता र स्थायीत्व देखेर आफू उक्त ब्राण्डको एम्बेसडर बन्न स्वीकार गरेको कलाकार मनोज गजुरेलले बताए । उनले संचालकहरुकोे बजारमा राम्रो छवी भएकोले समेत साटो ब्राण्डले लोक प्रियता चाडै हासिल गर्न सक्ने विश्वास लागेको कलाकार गजुरेलको भनाई थियो ।
अत्याधुनिक उत्पादन एकाइहरू र उच्चस्तरीय प्रविधिको प्रयोग गर्दै, साटोले मिक्सिंग, ब्लेन्डिंग र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादन गर्दै आएको छ । अनुसन्धान र विकास (R&D) को क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै, साटोले टास्न प्रयोग हुनेउत्पादनहरूको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको कम्पनीका बजार प्रमुख विवेक शर्माले जानकारी दिए ।
मधेस र बागमती प्रदेशको लागि आधिकारीक विक्रेता त्रिशुल ट्रेडलिंर्स कम्पनी वीरगञ्जले पाएको छ । कम्पनीले बनेपा र नारायणगढमा रहेको मनकामना हार्डवेयरलाई च्यानल पाट्नरको रुपमा नियुक्त गरेको छ । सोही कार्यक्रममा हार्डवेयरका संचालक सज्जन अग्रवाललाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी च्यानल पाट्नरको रुपमा काठमाडौंमा त्रिशुल ट्रेडलिंर्सका संचालक केशव सरावगी, इटहरीमा विनायक इम्पेक्सका संचालक विजय अग्रवाल र अजय अग्रवाल, मारुती आइरन एण्ड टिम्वर कम्पनी विर्तामोडका संचालक अशोक धानुक, एसटिएल इन्टरनेशनल बुटवलका संचालक गणेश पोखरेल, एविसिएल सप्लार्यस पोखराका संचालक बसन्त अग्रवाल र अभिषेक अग्रवाललाई च्यानल पाट्नरको प्रमाणपत्र प्रदान गरिएको थियो ।
SATO को उत्पादन श्रृंखलामा विभिन्न प्रकारका चिपकने सामग्रीहरू समावेश छन्, जसमा ARCYLO, XTREME, OCEAN, ELITE, र DELUXE जस्ता उच्च गुणस्तरीय वुड एडहेसिवहरू रहेका छन्। यी उत्पादनहरू विशेष रूपमा टिकाउ, जलप्रतिरोधी, र सहज प्रयोगका लागि डिजाइन गरिएका छन्, जसले विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन जोड गर्न सक्षम बनाउँछ । SATO उत्पादनहरूको विशेषताहरूमा क्रसलिङ्किङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ समय, र डी ३ वाटरपुफ्र समावेश गरिएको छ ।
क्रसलिङ्किङ टेक्नोलोजीले उत्पादनको मजबुती र स्थायीत्वमा बृद्धि गर्दछ, २५ अतिरिक्त ठोस सामाग्रीले अधिकतम पकड़ र टिकाउपन प्रदान गर्छ, उच्च कभरेजले कम मात्रामा बढी क्षेत्रलाई कभर गर्ने क्षमताका साथ उत्कृष्ट कार्य प्रदर्शन गर्छ, चाडै सेटिङ गरी छिटो सुक्ने समयमा सुधार ल्याउँछ, र डी ३ प्रमाणिकरणले जलप्रतिरोधी गुणस्तर सुनिश्चित गर्ने कम्पनीका संचालक उमेश पंडितले जानकारी दिए ।
गुणस्तरमा कडा नियन्त्रणका साथ, उत्पादनको हरेक चरणमा कच्चा पदार्थको निरीक्षणदेखि अन्तिम उत्पादनको मूल्याङ्कनसम्म SATO ले उच्च गुणस्तरीय परीक्षणहरू गरिरहेको छ । आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू समेत प्राप्त गरेको कम्पनीका संचालक पंडितले बताए ।
ब्राण्ड घोषणा गरिएको उक्त कार्यक्रम सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, मानवअधिकारकर्मी तथा द्धन्द विश्लेषक शोभाकर बुढाथोकी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई ट्राईनोक्स एडेसिभ कम्पनीका डाइरेक्टर केशव सरावगीले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमका झलकहरु तस्वीरमा