Logo

१२ कात्तिक, काठमाडौँ । जलवायु परिवर्तनका प्रभाव घटाउने प्रयोजनका लागि एशियाली विकास बैङ्क (एडीबी) ले पाकिस्तानलाई ५० करोड अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराको छ ।

पाकिस्तानको विकास तथा देशमा प्राकृतिक प्रकोपका लागि जलवायु संरक्षण र सुरक्षा कार्यक्रमका लागि ५० करोड अमेरिकी डलर नीति–आधारित ऋणको स्वीकृत गरेको एडीबीले जनाएको छ ।

पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले जलवायु संरक्षणका लागि पाकिस्तानलाई ५० करोड अमेरिकी डलर ऋण प्राप्त भएको भन्दै यसका लागि एडीबीलाई धन्यबाद दिए ।

यसैबीच पाकिस्तानले जलवायु परिवर्तनको विनाशकारी प्रभावसँग लड्न अन्तर्राष्ट्रिय मुद्रा कोष –आईएमएफ० बाट थप दुई अर्ब अमेरिकी डलर माग गरिरहेको छ ।

जलवायु परिवर्तनका कारण पाकिस्तानले बाढी पहिरोजन्य विपदसँगै खडेरीको समेत सामना गरिहेको छ ।


सम्बन्धित समाचार