Logo

फाइल तस्बिर

११ कात्तिक,वीरगञ्ज । आजबाट वीरगञ्जमा लाग्ने ‘रात्री बजार’को तयारी पुरा भएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन दिपावलीको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले वीरगञ्जको आदर्शनगर चोकदेखि पूरानो बसपार्कसम्म सोमबार देखि ‘रात्री बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।

आजदेखि बिहीबार लक्ष्मीपूजाको दिनसम्म दिपावली लक्षित रात्री बजार सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा हुन लागेको रात्री बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टलहरु राखिनेछ ।

यसका साथै नेपाली सांस्कृतिक परम्परा झल्कने झाँकीको प्रस्तुतीका साथै दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना हुने मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए।


सम्बन्धित समाचार