Logo

१२ कात्तिक,वीरगञ्ज ।पूर्वीय अनुसन्धानका लागि सकारात्मक विज्ञान (इरिप्स) संस्थाले रुपान्तारणकारी नेतृत्व र सकारात्मक संगठन विकासको लागि प्रशंसनीय खोजको तालिमको आयोजना गर्ने भएको छ ।

व्यक्ति वा संगठनहरु भित्र रहेका सकारात्मक संभावनाहरुको प्रष्फुटन गराएर सकारात्मक रुपान्तरणको वातावरण सिर्जना गर्ने संसारकै सबै भन्दा चमत्कारिक विधिको रुपमा रहेको चर्चित प्रशंसनीय खोज (ब्उउचभअष्बतष्खभ क्ष्लत्रगष्चथ) तालिम यहि मंसिर ४ गतेदेखि संस्थाले आयोजना गर्न लागेको हो ।

व्यक्तिगत जीवन, परिवार, समुदाय, संगठन वा पालिकाहरुमा सकारात्मक रुपान्तरण गर्ने उपयोगी र उत्कृष्ट विधिको रुपमा रहेको र यस विधिले पालिका, संगठन वा समुदायका सवल पक्षहरू तथा संभावनाहरुमा ध्यान केन्द्रित गर्दै पालिका, संगठन वा समुदायलाई सकारात्मक रुपान्तारणको लागि नयाँ दृष्टिकोण प्रस्तुत र्गने आयोजक संस्था इरिप्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र लामिछानेले बताए । तालिम धादिङको रिभर भ्यु रिसोर्ट मलेखुमा मंसिर ४ देखि ७ गते सम्म हुने छ । मंसिर ३ गते वेलुका ५ बजे सम्ममा सहभागीहरु पुगीसक्नुपर्ने जनाएको छ ।

संस्थागत सहभागीका लागि रु.३० हजार र ब्यक्तिगत सहभागिका लागि २५ हजार रुपैंया शुल्क निर्धारण गरिएको छ । नाम दर्ताको लागि https://docs.google.com/forms/d/e/1FAIpQLSdxeIdph58Fl5Ai6ZQedwyHh4SJFnH_jsaUUqJo6IhULxV3dA/viewform र थप जानाकारीको लागिस् www.myerips.org मा भिजिट गर्न वा ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सको सम्पर्क नम्बर ९८४१२०११३१ व ९८५१३३७१३१ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

यो संस्थाले दिने यस तालिमको विधिले पालिका वा संगठनको योजना तर्जुमा गर्दा परम्परागत रुपमा गर्दै आईएको समस्याहरूको खोजबिन तथा लेखाजोखा गर्नुको सट्टा, सवल पक्षहरु, सफलताका अनुभवहरू र भविष्यमा समृद्धि बनाउने अवसरहरूको पहिचान र खोजबिन गर्ने जनाएको छ ।

यस विधिले जनप्रतिनिधिहरु, कर्मचारीहरु र नागरिकहरुबीचको संवादलाई पारदर्शी, सकारात्मक र सशक्त बनाउने हुँदा जनप्रतिनिधिहरु, कर्मचारीहरु र नागरीकहरुबीच विश्वासको वातावरण सिर्जना गरी पालिकाको मान सम्मान र प्रतिष्ठालाई वृद्धि गर्ने संस्थाको दावी छ ।

पालिका प्रति नागरिकको भरोसा र विश्वासलाई बढाउनुको साथै पालिका र नागरिकहरुको सम्वन्ध बलियो बनाउने पनि जनाएको छ । यस विधिको प्रयोगले पालिकाले गरेका सबै सकारात्मक कार्यहरुलाई जनसमक्ष पु¥याउने र पालिका वा संगठन भित्र सकारात्मक वातावरणको सिर्जना हुने जनाईएको छ ।
बर्तमान अवस्थामा यो तालिम किन आवश्यक छ ?

वर्तमान अवस्थामा नेपालका सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक, प्राविधिक लगायतका सबै क्षेत्रहरुमा सकारात्मक रुपान्तरण गर्नको लागि नेपालका तीनै तहका जनप्रतिधिहरु, कर्मचारीहरु, नागरीक समाज एवम सरकारी, गैरसरकारी तथा नीजि संघ संस्थामा कार्यरत व्यक्तिहरुको सोच, व्यवहार र दृष्टिकोणमा सकारात्मक रुपान्तरण जरुरी छ ।

नेपाली समाजका सबै क्षेत्रहरुको सकारात्मक रुपान्तरणमा प्रभावकारी, उत्तरदायी र सकारात्मक नेतृत्व प्रवर्धन गर्न प्रसंशनीय खोज बिधीको महत्वपुर्ण भुमिका हुने हुँदा यो तालिमको आयोजना गरिएको छ । यस तालिमले नेतृत्वलाई शसक्त बनाउने, समुदायका सवल पक्षहरु, संभावनाहरु र चाहनाहरुमा आधारीत रहेर स्वाभिमानी र समावेशी विकासलाई सुनिश्चित गर्दै संघ संस्था वा पालिकाहरुको सकारात्मक रुपान्तरणको लागि सवलता र संभावनामा आधारीत नयाँ नीति, रणननीति, नियम, योजना र कार्ययोजना निर्माण गर्न सक्षम बनाउदछ ।

१. सकारात्मक र रुपान्तरणकारी नेतृत्व क्षमताको विकासः यस तालिमका सहभागीहरुले संगठनको सकारात्मक रुपान्तरणमा नेतृत्वको योगदान तथा रुपान्तरणकारी नेतृत्वको लागि आवश्यक सोच र ज्ञानको बिकास तथा व्यवहार परिवर्तनका तौर तरिकाहरु सिक्न र प्रयोग गर्न सक्षम बनाउने ।

२. समावेशी र सहभागीतामुलक नेतृत्व शैलीको विकासः संगठनको आमुल रुपान्तरणमा सम्वन्धित सबै पक्षहरुको सकृय सहभागीता, सहभागीतामुलक र समावेशी पद्धतीवाट आमुल रुपान्तरणको लागि साझा दृष्टिकोण निर्माणको तरिका तथा साझा दृष्टिकोणमा आधारीत नयाँ नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने तरिकामा दक्ष बनाउने ।

३. व्यवहारीक र नवप्रवर्तनात्मक उपायहरुको प्रवर्धन : एक्काईसौ शताब्दीका संगठनहरु वा पालिकाहरुले कसरी वढी भन्दा वढी सेवा तथा सुविधाहरु उपलब्ध गराएर सेवाग्राहीहरुलाई खुशी र सन्तुष्ठि प्रदान गर्न सक्दछन र समग्र समाजको विकासमा नयाँ आयाम तथा सोचको विकास गरी नयाँ परियोजनाहरुको विकास गर्न र आफनो पालिका वा संगठनको सन्दर्भमा के कस्ता उपाय तथा बिधिहरु अपनाउन पर्दछ भन्ने दृष्टिकोण निर्माण गर्न सक्षम बनाउने प्रशंसनीय विधिलाई पालिकाहरुको व्यवस्थापनमा प्रयोग गरेर पालिकाको दिगो तथा सकारात्मक रुपान्तरणको लागि प्रयोग गर्न उत्प्रेरित गर्ने उद्धेश्यले ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभागीय प्रमुखहरु तथा विकासमा कार्यरत जनशक्तिलाई लक्षित गरि रुपान्तरणकारी नेतृत्व तथा पालिकाको सकारात्मक विकासको लागि प्रसंशनीय खोज तालिमको आयोजना गरेको प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताए ।

४ दिन सम्म सञ्चालन गरिने यस तालिमलाई विकास विज्ञ तथा अमेरीकाको केस वेस्टर्न विश्वविद्यालयवाट सर्टिफाईड प्रशिक्षकहरुले सहजीकरण गर्ने उनले बताए ।


सम्बन्धित समाचार