१२ कात्तिक,वीरगञ्ज । पर्सामा साझेदारी वन क्षेत्रभित्र लगाईएको प्रतिबन्धित गाँजा खेती फडानी गरि नष्ट गरिएको छ ।
सखुवा प्रसौनी गाउँपालिका– १ स्थित बडनिहार, कोइलाभार, विन्दवासनि साझेदारी बन क्षेत्रमा १७ स्थानमा गरि पाँच बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरि नष्ट गरेको हो ।नेपाल प्रहरी र सश्स्त्र प्रहरीको सँयुक्त टोलीले त्यहाँ लगाइएको करिब ३५ हजार गाँजाको बोट फडानी गरि नष्ट गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।
यसैगरि पर्सागढी नगपालिका वडा नम्बर १ गुलरिया र वडा नम्बर ३ झबराहामा १३ स्थानमा दुई बिगाहा क्षेत्रफलमा लगाईएको १५ हजार गाँजाको बोट ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले फडानी गरि नष्ट गरेको छ । चार बर्षअघि डिबिजन बन कार्यालय पर्साले बन क्षेत्रको अतिक्रमित क्षेत्र हटाई तार बार सहित करिब ४० हेक्टर बन क्षेत्रको जग्गामा बृक्षारोपण गरेको थियो ।
सोही बृक्षारोपण गरेको क्षेत्रमा अहिले व्यापक रुपमा गाजा खेति तथा अन्य खेति हरु गरिएको छ । गाजा खेति तथा अन्य खेति गरिएको क्षेत्रमा अहिले बनले लगाएको एउटा पनि बिरुवा छैन । बन क्षेत्र भित्र ब्यापक रुपमा गाजा खेति गरिएको सुचनाको आधारमा डिबिजन बन कार्यालय पर्सा र बिन्दबासिनी कोईलाभार साझेदारि बनले गाजा फडानि अभियान चलाएको छ ।
डिबिजन बन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदका अनुसार बन क्षेत्र भित्र कसले गाजा खेति गरेको हो पहिचान तथा अनुसंधान गरि दुई चरण प्रक्रिया बाट कानुनी कारवाही गरिने बताए ।
बन क्षेत्र भित्र बिरुवा नाश गरि गाजा खेति गरेकोमा बन ऐन अन्तर्गत र अर्को अबैध लागू औषध गाजा खेति अन्तर्गत कारवाही गरिने उहाँले बताउनु भयो ।साथै अहम्दले गाजा फडानी गरिएको बन क्षेत्रमा पुन बृक्षारोपण गरिने बताउनुभयो ।बिन्दबासिनी कोईलाभार साझेदारि बनका अध्यक्ष रिजवानुल हकका अनुसार बन क्षेत्र भित्र अबैध कार्य गर्ने कसैलाई पनि नछाडिने बताए ।
उनका अनुसार साझेदारि बन क्षेत्र भित्र लगाईयको गाजा खेति नष्ट गरेर छाडिने बताए । नेपाल सरकारले गाजा खेति लाई बैधानिक दिने चर्चा सँगै यस बर्ष पर्साको राष्ट्रिय बन क्षेत्र भित्र र निजि जग्गाहरुमा व्यापक रुपमा गाँजा खेती गरिएको छ ।