१२ कार्तिक, वीरगञ्ज । वाणिज्य तथा उपभोत्ता संरक्षण कार्यालय वीरगन्जको नेतृत्वमा वीरगन्जका मिठाई पसल र तरकारी पसलहरुमा अनुगमन गरिएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजको नेतृत्वमा गएको टोलिले आज अनुगमन गरेको हो ।
उपभोत्ता हित संरक्षण मञ्च पर्साको उजुरीको आधारमा कार्यालयको नेतृत्वमा अनुगमन समितिले वीरगन्जको नगवा स्थित दोश्रो बाईपासमा रहेको जय हिमाल मिष्ठान्न भण्डार, माईस्थान स्थित गणेश मिष्ठान्न भण्डार, मीना बजार स्थित ओम फ्रुट सप्लायर्स र कृष्ण फ्रुट सप्लायर्समा अनुगमन गरेको हो ।
आज अनुगमन क्रममा टोलीलाई कागजपत्र नदेखाएर असहयोग गरेको कसुरमा कारवाही स्वरुप नगद जरिवाना गराईएको छ । जय हिमाल मिष्ठान्न भण्डार र दुईवटा फलफूल पसललाई ५०–५० हजार जरिवाना गराईएको उपभोत्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित कुमार भूजेलले जानकारी दिनुभयो ।
त्यस्तै गणेश मिष्ठान्न भण्डारलाई भने २० हजार रुपैंया जरिवाना गराइएको छ ।