Logo

१३ कात्तिक,काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसदसहित करिब तीन दर्जन नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार बालुवाटारमा प्रदर्शन गरिरहेका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रास्वपा सांसद अशोक चौधरीसहित ३३ जना छन् ।

प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । रास्वपाले आज १२ बजेबाट बालुवाटारमा विरोध कार्यक्रमको तय गरकेो थियो । सोक्रममा नेता कार्यकर्ता भेला हुँदै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पार्टी सभापति लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम राखेको हो । बालुवाटारस्थित नेपाल हाउसमा अहिले नेता कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् ।

लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।


सम्बन्धित समाचार