Logo

१४ कार्तिक, वीरगञ्ज । आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा हिजो धनतेरसको दिनमा पनि बजारमा उत्साह देखिएन । चाडपर्वमा व्यापार व्यावसायमा सुधार होला भनेर पर्खाईमा बसेका वीरगन्जका व्यापारीहरु वीरगन्जमा धनतेरसको दिनमा पनि ग्राहकको भीड नहुँदा निराश देखिएका थिए ।

हिजो (मंगलबार) धनतेरस मनाईएको छ । धनतेरसमा वीरगन्जको सुन पसल र भाडा पसलहरुमा पहिले ग्राहकहरुको भीड देखिएपनि हिजो भने खासै ग्राहकहरु देखिएनन् । वीरगन्जमा सामान महंगो हुने भन्दै अधिकांश नेपालीहरु सीमावर्ती भातरीय सहर रक्सोलमा गएर सामान खरिद गरेर ल्याएका कारण वीरगन्जको व्यापार खस्किएको व्यावसायीहरु बताउछन् ।

वीरगन्जमा व्यापार राम्रो होला भनेर आशामा बसेका वीरगन्जका व्यापारीहरुमा ग्राहकको संख्या न्यून हुँदा निराश देखिएका थिए । पहिलेको धनतेरसका दिनमा बेलुकी नौ दश बजेसम्म ग्राहकहरुको भीड हुने गरेकोमा यसपटक सुन पसल, भाडाकुडाको पसल लगायत कुनैपनि पसलहरुमा ग्राहकको भीड देखिएको थिएन ।

बजारमा कुचो, फलफूल र दियो बत्ती लिनेहरुको सामान्य भीड देखिएपनि अन्य सामान खरिद गर्नेहरुको संख्या भने देखिएन । सुनको मूल्य आकाशीएकोले सुन किन्ने ग्राहकहरु कम देखिएको व्यावसायीहरुले बताएका छन् ।

पहिले सुन किन्ने ग्राहकहरुले सस्तो गहनाहरु मात्रै खरिद गरेका सुनको भाऊ दैनि जसो बढेकाले पनि ग्राहकले सुन कम खरिद गरेको सुनचाँदी व्यावसायी विजय सर्राफले बताए । धनतेरसको दिन विद्युतीय सामग्री टिभी, फ्रिज, टिभी लगायतका सामान किन्नेहरुको पनि पसलहरुमा भीड देखिएको थिएन ।

त्यस्तै सवारी साधान खरिद गर्नेहरुको पनि संख्या कम देखिएको थियो । मोटरसाईकल र कार शो रुमहरुमा ग्राहकहरु खासै नआएको बिक्रेताहरुले बताएका छन् ।


सम्बन्धित समाचार