१७ कात्तिक,वीरगञ्ज । नेपाल सम्वत ११४५ को अवसरमा वीरगञ्जमा –याली निकालिएको छ ।
नेपाल सम्वत ११४५ समारोह समितिको आयोजनामा वीरगञ्जको चिल्ड्रेन पार्कबाट निकालिएको –याली मकालु होटलको चोक हुँदै माईस्थान पुगेर पुनः फर्किएर वीर्ता स्थित शंखधर साख्वाँको शालिकमा माल्यार्पण गरि समापन भएको छ ।
समारोह समितिका संयोजक सुन्दर श्रेष्ठको नेतृत्वमा निकालिएको –यालीमा पर्सा क्षेत्र नम्बर १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादव, मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपम शाक्य, वीरगन्ज महानगरका मेयर राजेशमान सिंह लगायत वीरगन्जमा बसोवास गर्ने नेवार समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
–याली अघि चिल्ड्रेन पार्कमा नेवारी संस्कृति अनुसार टीका र ध्वजा लगाई सगुन प्रसाद ग्रहण गरि शुभकामना आदानप्रदान गरिएको थियो ।