Logo

१७ कात्तिक,बारा । बारा स्थित जीतपुरसिमरा उपमहानगरपालिकाको एक ब्यवसायीले ७० जना छठ गर्ने बिपन्न महिलाहरुलाई साम्री बितरण गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ का स्थानीय मुकेश साहले आफ्ना बुवा गंगा साह र आमा लालमुनीको हातबाट छठ गर्ने महिलाहरुलाई नरिवल र साडि बितरण गराएका हुन् । बिगत ५ बर्ष देखि हरेक बर्ष सामग्री बितरण गर्दै आएका साहले आफुहरुको छठी माता प्रती बिशेष आस्था रहेको ट्रक ब्यवसायी समेत रहेका मुकेश साहले जानकारी दिए ।

उनले आफनो क्षमताले भ्याए सम्म निरन्तर छठ ब्रतालुहरुलाई सामग्री बितरण गर्दै जाने प्रतिबधता ब्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार