Logo

१७ कात्तिक,वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसंग माग गरेका छन् ।

शनिबार बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मन्दिरमा आजपा जिल्ला कमिटीद्धारा आयोजित सर्वपक्षिय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो माग गरेका हुन् । विश्वमै प्रसिद्ध गढीमाईको मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सबैले आ आफनो तर्फबाट र सरकारले पनि पहल गर्न आवश्यक रहेको उनले बताए ।

केन्द्रीय सरकारका साथै मधेस प्रदेश सरकार समेत गढीमाईको विकास एंव मेलाका लागि बेखबर भएको साहले टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओली मधेसको बिकास कहिल्यै नचाहेको बताउदै उनले गढीमाई मन्दिर मधेसमा भएकै कारण सरकारले कुनै चासो नदिएको आरोप लगाए ।

गढीमाई मन्दिरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले पहल गर्ने बताउदै साहले आफू शहरी बिकास मन्त्री भएको बेला गढीमाईको नगरी महागढीमाईलाई स्मार्ट शहरको रुपमा विकासका लागि छनौट गरी बिभिन्न योजनाहरु राखेको स्मरण गरे ।हरेक पाँच बर्षमा लाग्दै आएको गढीमाई मेला यस बर्ष अगामी मँसिर १ गतेबाट लाग्दै छ ।पशु बलिका लागि विश्व भरि नै यो मेला प्रसिद्ध रहेको छ ।

आजपा जिल्ला कमिटी बाराद्धारा आयोजित भेलामा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षहरू अशोक लामा, बिल्टू यादव महासचिब त्रिभुवन साह, उप महासचिब चन्द्रभुषण साह तथा नगरप्रमुख उपेन यादव, गढ़ीमाई ट्रस्टको अध्यक्ष रामचन्द्र साह लगायतकोसहभागिता रहेको थियो ।


सम्बन्धित समाचार