Logo

१८ कात्तिक,वीरगञ्ज । अवैध रुपमा भन्सार छलेर ल्याइएको चामलसहित रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले गौर नगरपालिका–१ भन्सार चौकमा प्रदेश २–०३–००१ ज ०२४८ नम्बरको पिकअप बलेरो गाडीलाई चेकजाँच गरेको थियो। जाँचको क्रममा गाडीबाट ५ लाख १२ हजार रुपैयाँ बराबरको चामल बरामद गरिएको प्रहरीले जनाएको छ।

गाडी चालक माधवनारायण नगरपालिका–२ बस्ने राजेश्वर साहलाई पनि पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिए।
चामलसहित गाडी र चालकलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए।


सम्बन्धित समाचार