Logo

१९ कात्तिक,वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा उमेश कुमार महतो पक्ष र महन्त महतोपक्षबीच भएको झडपमा दुवैपक्षका १० कजना घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवैपक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाईते भएका हुन् । उमेश कुमार महतो र महन्त महतोबीच लामोसमयेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।

अदालतमा परेको मुद्दामा उमेश कुमार महतोको पक्षमा फैसला भएपछि उमेश कुमार महतोले खेतमा तोरी छरेका थिए । तोरीमा पानीले सिँचाई गर्नेक्रममा खेतको नाप नक्शा गरेर मात्रै काम गर्नु भनेर महन्त महतो पक्षले उमेश कुमार महतो पक्षलाई तोरी खेतमा पानी सिँचाई गर्न रोक्दा झडप भएको हो ।

झडपका क्रममा उमेश कुमार महतो, अनिल कुश्वाहा, अमिरनारायण कुश्वाहा, राधेश्याम कुश्वाहा, सुनितादेवी लगायत घाईते भएका छन् । महन्त महतो पक्षका विश्वनाथ कुश्वाहा, विजय भन्ने अमरजित कुश्वाहा लगायतका १०/१५ जनाको समूहमा आएका उनीहरुले उमेश कुमार महतो पक्षकालाई लाठ्ठीले एक्कासी प्रहार गर्न थालेको उमेश पक्षको आरोप छ ।

उमेश पक्षका घाईतेहरुको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको र महन्त पक्षको नारायणी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 


सम्बन्धित समाचार