Logo

१९ कात्तिक,काठमाडौं । भारतको उत्तराखण्डस्थित अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । अल्मोडाको मार्चुलामा यात्रुले भरिएको बस सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको हो ।

बस सडकबाट १५० मिटर तल खोल्सामा खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।रामनगर जाँदै गरेको बस साल्टनजिकै कोपी भन्ने ठाउँमा दुर्घटना भएको हो । बसमा ४५ जना सवार थिए ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्धार कार्य भैरहेको बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा मारिएकाहरूको शव निकाल्ने काम भइरहेको छ । समाचारमा जनाइएअनुसार दुर्घटनामा केही यात्रु घाइते भएका छन् । उनीहरूलाई अस्पताल पठाइएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार र राहत कार्य छिटो गर्न निर्देशन दिएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार पुष्कर सिंह धामीले पौरी र अल्मोडाका एआरटीओ अधिकारीहरूलाई निलम्बन गर्न निर्देशन दिएका हुन् ।

साथै मृतकका परिवारलाई ४ लाख र घाइतेलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ ।


सम्बन्धित समाचार