Logo

२० कात्तिक, वीरगञ्ज । वीरगञ्जको केडिया दाँत अस्पताल अगाडी आज विहान बस दुर्घटना भएको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ०२–०३–००१ ख ०१५८ नम्बरको वेलकम डिलक्स कोचको यात्रुवाहक रात्रि बस दुर्घटनामा परेको हो ।

वीरगञ्ज गण्डक नजिकको केडिया दाँत अस्पताल अगाडीको डिभाइडरसँग ठोक्किएर बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ ।

स्थानियका अनुसार गाडी तीव्र गतिमा रहेको कारण अनियन्त्रित भएर डिभाइडरसँग ठोक्किदा दुर्घटना भएको छ । बसमा के कति सवार थिए भन्ने यकिन भई सकेको छैन ।

यस विषयमा थप विवरण संकलन भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार