Logo

२० कात्तिक,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कपिलवस्तुमा आलु रोप्ने कार्यमा व्यस्त रहेका छन् ।

पार्टीले सञ्चालन गरेको सामूहिक कृषि तथा जनकम्युनको अवधारणाअनुसार कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ९ अञ्चलपुरमा रहेको केन्द्रीय कार्यालय नजिकै ५ बिघा क्षेत्रफलमा निरन्तर आलु लगाइरहेका छन् ।

मेसिनको प्रयोग गरी ‘विप्लव’सँगै सचिवालय, स्थानीय नेता, कार्यकर्ता र जनताका सहभागिता आलु लगाइएको नेकपा प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए । नेकपाले कपिलवस्तुमा मात्रै करिब ५ बिघामा आलु लगाउने तयारी गरेको छ भने चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा करिब ५० बिघामा आलु रोप्ने तयारी गरेको छ ।

पार्टीद्वारा सञ्चालित जनश्रम कृषि सहकारी सस्था लिमिटेडसँग न्यूनतम ४ लाख केजी आलु र सी. जी. फुड्स नेपाल लिमिटेड सानेपाले उत्पादित आलु खरिद गर्ने सम्झौता भएको छ । गतहप्ता मात्र नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सी लगायतको टोलीले कपिलवस्तु रहेको केन्द्रीय कार्यालयमा १६ टन बिउ आलु भित्र्याएको छ ।


सम्बन्धित समाचार