२२ कात्तिक, बारा । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ मा साडी वितरण गरिएको छ ।
छठ पुजा गर्नका लागि नेकपा माओवादी केन्द्रका भातृ संगठन वाईसिएल बाराले एक कार्यक्रमका विच ५० जना विपन्न परिवारलाई साडी वितरण गरेको हो । वाईसिएलका बारा जिल्ला संयोजक शुभनारायण पटेलको अध्यक्षतामा उक्त साडी वितरण गरिएको छ ।
उक्त अवसरमा माओवादीका केन्द्रिय सदस्य जीवन राई, प्रसौनी गा.पा. ईन्चार्ज वृजकिशोर कुशवाहा, प्रसौनी गा.पा. १ का पुर्व वडा सदस्य रामानन्द कुशवाहा लगायतका उपस्थिति रहेको थियो ।