२२ कात्तिक, काठमाडौं । दोलखामा विहीबार बेलुका भूकम्प गएको छ । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ७ बजेर ५६ मिनेटमा दोलखाको ओरङ्ग केन्द्रविन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का दोलखा र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट क्षति भने अहिलेसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
अहिलेसम्म क्षतिको कुनै सूचना नआएको जिल्ला प्रहरी कार्यालय दोलखाको सञ्चार शाखाले जनाएको छ ।