Logo

२४ कात्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ। बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

यस्तै, बैठकमा पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम् मुद्दा र संघर्षका ‘मोडालिटी’बारे छलफल हुनेछ। बैठकमा पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ।

सहकारी ठगी मुद्दामा लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक संघर्ष गर्दै आएको छ।


सम्बन्धित समाचार