२४ कार्तिक,काठमाडौं । पाकिस्तानको बलुचिस्तानअन्तर्गत क्वेटा सहरस्थित रेलवे स्टेसनमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ।
उक्त हमलाको जिम्मेवारी बलुच लिबरेसन आर्मीले लिएको बीबीसीले जनाएको छ।
विस्फोटमा हालसम्म ४६ जना घाइते भएको बताइएको छ। अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।
पाकिस्तानी प्रहरीका एसएसपी अपरेसन मोहम्मद बलोचले भने– विस्फोट हुँदा करिब १५० देखि २०० मानिस प्लेटफर्ममा जम्मा भएका थिए र रेलको प्रतीक्षा गरिरहेका थिए।
उनले स्टेसनमा सर्वसाधारणसँगै सिपाही पनि जम्मा भएको र विस्फोटमा उनीहरू पनि हताहत भएको बताएका छन्।
बलुचिस्तानका मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै भने– यस आतंकवादी घटनाका पछाडि जिम्मेवार व्यक्तिहरूलाई छाडिने छैन।