Logo

२५ कात्तिक, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन मै प्रादेशिक अस्पताल हुने बताएका छन् ।

सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो मन्त्रीपरिषदको बैठकबाट पोखरीया अस्पतालको स्तरउन्नती गरी प्रादेशिक अस्पतालमा परिणत गरिने बताएका हुन् ।

पर्साको दोश्रो सदरमुकामको रूपमा रहेको पोखरीया नगरपालिकाको विकासको लागि आफू हरपल तयार रहेको बताउँदै, पोखरीया विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको उनले बताए ।

पोखरीया नगरपालिकामा आएको विकासे बजेटमा सम्पूर्ण जनप्रतिनिधि लगायत विभन्न दलका नेताहरुलाई एकजुट भई विकासको काम तिब्र रुपमा अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरे ।

कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान, उपप्रमुख रवि ठाकुर लगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार