Logo

२५ कार्तिक, वीरगञ्ज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पकाहमैनपुर गाउँपालिकाको गोविन्दपुर हुँदै हसवा जोड्ने सडकको शिलन्यास गरेका छन् ।

संघीय सरकारको लगानीमा निर्माण हुने यो सडक १२३६ मिटर लम्बाईको सडकको आईतबार मन्त्री गुप्ताले शिलान्यास गरेका हुन् । सडक पिचको निर्माण भएमा पोखरीया आउन तिलावे पुल हुँदै बिन्दबासिनी पुग्नु नपर्ने बताउँदै रणनीतिक रुपमा पनि उक्त सडक स्थानीयका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

मन्त्री गुप्ताले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गर्दै धेरै मागेर योजना अपुरो छोड्नु भन्दा आवश्यकता अनुसार माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिए । धेरै भारि बोके बिचैमा छोड्नु पर्ने तर्क गर्दै उनले विकासका आयोजना थोरै आवश्यकता र महत्व हेरेर माग गर्नुपर्ने बताए । विगतमा शिलान्यास भएर सम्पन्न नभएका धेरै आयोजनाहरू रहेको सङ्केत गर्दै सोही कारण तीनै तहका सरकार प्रति नागरिकको नैराश्यता बढेको बताए ।

मन्त्री गुप्ताले नागरिक आफ्नो कुलदेवताको मूर्तिदेखि सामूदायिक भवन पनि सरकारले बनाइ दियोस भन्ने आकांक्षामा रहेको भन्दै सबै कुरा सरकारले गर्छ, हामीले केही गर्नु पर्दैन भन्ने सोचमा नरहन आग्रह समेत गरे ।

९३ लाखमा निर्माण सम्पन्न हुने यो सडक मनिष कन्ट्रक्सनले सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गर्नु पर्नेछ । पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रुवि ठाकुर लगायत वडा अध्यक्षहरुले मन्तब्य राखेका थिए ।


सम्बन्धित समाचार