२७ कात्तिक,बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लिएर पोखराबाट आएको विमान भैरहवा विमानस्थलमा अवतरण गरेको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देहीमा बयानका लागि ल्याइएको हो । बुद्ध एयरको नियमित उडानमार्फत उनलाई पोखराबाट भैरहवा ल्याइएको हो ।
लामिछानेलाई मंगलबार बिहानै भैरहवा ल्याउने योजना रहे पनि भैरहवा विमानस्थलमा प्रतिकूल मौसमका कारण उडान ढिलो भएको हो ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोप छ । लामिछानेसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिने छ ।