२७ कात्तिक,काठमाडौं ।सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित अदालतका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई नियन्त्रणमा लिएको हो ।
जग्गा सम्बन्धी मुद्दामा सेवाग्राहीलाई प्रभावमा पारेर घुस लिएको अवस्थामा गौरीचोकस्थित चिया पसलबाट आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
टंगालस्थित आयोगको केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार बुटवलको टोलीले मुचुल्का उठाएर मिश्र र पाण्डेलाई नियन्त्रणमा लिएको जनाएको छ ।