२८ कार्तिक, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई राजनीतिक पूर्वाग्रह राखेर म्याद थप गर्ने षड्यन्त्र गरेको भन्दै प्रधानमन्त्रीको ध्यानकर्षण गराएको छ ।
सहकारी प्रकरणमा रबि लामिछानेको संलग्नता कही पनि नदेखिएको संसदीय छानबिन प्रतिवेदनमा समेत उल्लेख गरिएको भएपनि प्रहरी हिरासतमा राखेर पटक पटक म्याद थप गर्ने षड्यन्त्र गरिरहेको भन्दै तत्काल न्यायिक छानविनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
रास्वपा पर्साका संयोजक हरि पन्तको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका रास्वपाका नेता कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । वीरगन्जको क्लासिक बंक्वेटमा भेला भएर नारा जुलुश सहित नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मार्फत प्रधामनत्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको रास्वपाका पर्सा संयोजक हरि पन्तले जानकारी दिए ।
ज्ञापनपत्र बुझाउन जाने टोलीमा रास्वपाका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव, पूर्व पर्सा संयोजक दिलिप कुर्मी, सबु कणेल, सुदीस प्रजापति, प्रमोद रायमाझी लगायतको उपस्थिति रहेको थियो ।