Logo

२९ कात्तिक,वीरगञ्ज । सनातन धर्म रक्षा मन्चको ६९ औ सत्संग गोष्ठी आज बाराको सिम्रौनगढमा सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर–८ कचोर्वाको बलुआटा मठको प्राङ्गणमा सत्संग गोष्ठी सम्पन्न भएको हो ।

आत्मबोध समाज निर्माण,हत्या हिन्सा रहित समाज निर्माण, नशा मुक्ती समाज निर्माण,भेदभाव रहित समाज निर्माणको उदेश्य रहेको गोष्ठीमा प्रवचनकर्ताहरुले उदेशयलाई मध्य नजर राख्दै आफ्नो प्रवचन दिएका थिए । सनातन धर्म रक्षा मञ्चका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा भएको गोष्ठीमा बैकुण्ठ प्रसाद जयसवाल, संजय शास्त्री, राजमङ्गल बाबा ,मेघनाथ बैरागी, महेन्द्र प्रसाद यादव लगायतले प्रवचन दिनु भएको थियो ।

कार्यक्रमको शुरुवात भगवान शिवको पुजा गरि महा मृत्युन्जय मन्त्र बृहत हवन आरतीका साथै भण्डारा पनि गरिएको थियो । गोस्ठीको सहजीकरण सनातन धर्म रक्षा मन्चका सचिव बकुण्ठ प्रसाद जयसवालले गर्नु भएको थियो । गोष्टीमा विश्व हिन्दु परिषद शखा सिम्रौनगढका अध्यक्ष रामबिलास प्रसाद साह , नगरपालिकाका पुर्ब मेयर बिजय शंकर यादव सहित दुई सय महिला पुरुष भक्तजनहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार