Logo

२९ कात्तिक,काठमाडौँ । नेपाली काँग्रेसले दलित समुदाय समन्वय र सशक्तीकरण विभागमा सदस्य मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले विभागमा १० सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय लक्ष्मी परियार प्रमुख विभागको सदस्य मनोनयन गरेका हुन् ।

मनोनयन हुनेमा रामकृष्ण लकान्द्री–तेह्रथुम, दीपक सोनी–दैलेख, कलावती पासवान–बारा, विपेन्द्र रामुदामु–चितवन, कुमार टेलर–डोटी, शान्ता सुनार–धादिङ, प्रकाश घतानी–काठमाडौँ, सुनिल बुढाथोकी–पाल्पा, कुमारी सार्की–कैलाली र केदार गान्धारी–गोरखा रहेका छन् ।


सम्बन्धित समाचार