Logo

१ मंसिर, वीरगञ्ज । सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जको सञ्चालक संस्था रेस नेपालको १९ औं साधारणसभा तथा सातौ अधिवेशन सम्पन्न भएको छ । वीरगञ्जको होटल वृन्दावनमा शुक्रबार साँझ सम्पन्न १९ औं साधारणसभा तथा सातौं अधिवेशनले पुनःगोविन्द देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा रामाकान्त पटेल, उपाध्यक्षमा नुतन सरावगी, महासचिवमा अरविन्द सिंह, सचिवमा चयन मगर गुरुङ, कोषाध्यक्षमा कमल मोहन पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विरेन्द्रराज कडेंल, हरि पन्त, शिवनाथ यादव, वन्दना चौधरी, राकेश साह लगायत रहेका छन् ।

त्यस्तै अधिवेशनले सल्हाकारहरुमा विजय कुमार सरावगी, रविन्द्र कुमार वर्णवाल, आरके सिंह, शिवजी कलवार, डा.निरज सिंह, सञ्जय अग्रवाल, अनुप अग्रवाल, अशोक बेरिवाल लगायतलाई चयन गरेको छ । लेखा समितिको संयोजकमा भानुभक्त अधिकारी, श्रीला सरकार लगायत निर्विरोध चयन भएका छन् ।

संस्थाका अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगीले शुभकामना मन्तव्य व्यक्त गर्दै सामुदायिक रेडियोको भूमिकालाई अझ फराकिलो बनाउदै जानुपर्ने बताए । उनले व्यावसायिक रेडियोहरु भन्दा सामुदायिक रेडियोको भूमिका समुदायसँग जोडिएकोले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याउने रकमलाई सामुदायिक रेडियोको हितमा लगाउनुपर्नेमा जोड दिए । उनले सामाजिक उत्तरदायित्व बापत छुट्याईने रकमहरु अन्य ठाउँमा खर्च गर्न नपाउने भएकोले सामुदायिक रेडियोहरु समुदायबाट सञ्चालित हुने हुँदा त्यसमा खर्च गर्न उचित हुने बताए ।

कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले आन्दोलन र परिवर्तनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण भएको र मुलुक संघीयताको कार्यान्वयनमा रहँदा सञ्चार क्षेत्रले संघीयताको विषय र मर्ममा अझै कलम चलाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले सामुदायिक रेडियो नारायणी एफ.एम स्थापनादेखि नै जनसरोकारका विषय उठान गर्दै आएकोले अहिलेसम्म त्यसलाई निरन्तरता दिएको प्रशंसा गरे । उनले किसान, मजदुहरुका र ग्रामीण क्षेत्रका नागरिकको समस्याको विषय र मुद्दामा अझ बढी सशक्त आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा स्वागत श्रीला सरकार र सञ्चालन अरविन्द सिंहले गरेका थिए ।


सम्बन्धित समाचार