१ मंसिर, काठमाडौँ । भारत, उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज शिक्षण अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ ।
अस्पतालको नवजात शिशु सघन उपचार कक्ष एनआईसीयूमा आगलागी भएको हो ।
शुक्रबार राति पौने ११ बजे विद्युतीय सर्किटबाट आगलागी सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त अस्पतालको एनआईसीयू कक्षमा ५५ शिशु उपचाररत थिए ।
तीमध्ये १० जनाको मृत्यु भएको हो। ४५ जनालाई भने उद्धारकर्मीहरूले बाहिर निकालेको भारतीय प्रहरीले उल्लेख गरेको छ । तीमध्ये १६ जना नवजात शिशु घाइते छन् । उनीहरुको उपचार भइरहेको छ ।