२ मंसिर, बारा । बाराको महागढिमाई नगरपालिका वडा नम्बर १ स्थित रहेको शक्तिपिठ गढीमाई मन्दिर परिसरमा राखिएको दान पेटिका दोस्रोपटक खोलिएको छ ।
दान पेटिकाबाट रु ५ लाख २४ हजार, १६५ रुपैयाँ भेटी सङ्कलन भएको गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् ।
दान पेटिकाबाट विभिन्न थरीका सुनको गहना ३ थान ,चाँदीको ७ थान गहनासमेत सङ्कलन भएको उनले जानकारी दिएका हुन् । मन्दिर परिसरमा रहेका चार वटै दान पेटिकालाई १७ दिन पछि सार्वजनिक रुपमा खोलिएको थियो मेला मुल व्यवस्थापन समितिको उपाध्यक्ष कैलाश महतोले बताए ।
सो अवसरमा मुल समितिका पदाधिकारी, सशस्त्र प्रहरी , नेपाल प्रहरी , नगर प्रहरी ,सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।