Logo

२ मंसिर,काठमाडौं । सिरियाको राजधानीे बाहिरी इलाकामा भएको आक्रमणमा परी १० जना इस्लामिक जिहादी लडाकूको मृत्यु भएको छ ।

इजरायलले पुनः माजेह जिल्लामा आक्रमण गर्दा जिहादी मारिएका हुन् । सो समूहले २९ वर्षीया रुसी–इजरायली बन्धक साशा ट्रुपानोभका दुई वटा भिडियो क्लिप सार्वजनिक गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लेबनानी सीमा नजिकका क्षेत्र लगायत सिरियामा मुख्यतः लेबनानी आन्दोलन हिजबुल्लाहका प्रभाव क्षेत्रहरूलाई लक्षित गरी आक्रमण तीव्र भएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणका क्रममा इस्लामिक जिहादले कैयौँ इजरायलीलाई बन्धक बनाएको थियो भने अझै पनि करिब एक सय को हाराहारीमा बन्धकलाई मुक्त गर्न सकिएको छैन । एजेन्सी


सम्बन्धित समाचार