३ मंसिर, काठमाडौँ । गाजाको बेइट लाहियामा रहेको पाँच तले आवासीय ब्लकमा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरै महिला र बालबालिका रहेको र दर्जनौं अझै भग्नावशेषमा पुरिएका छन् ।
इजारायली डिफेन्स फोर्स आइडिएफका अनुसार हमासलाई संगठित हुनबाट रोक्ने प्रयासमा बेइट लाहिया लगायत उत्तरी गाजामा लडाकु लक्षित आक्रमण गरिएको हो ।
मध्य गाजामा शरणार्थी शिविरको तीन अलग–अलग आक्रमणमा १५ जनाको मृत्यु भएको छ । यस्तै दक्षिणमा रफाहमा इजरायली ड्रोन आक्रमणमा पाँच जना मारिएका छन् । उत्तरी गाजामा इजरायलको भूमि आक्रमणले विगत पाँच हप्तामा १ लाख ३० हजार मानिस विस्थापित भइसकेका छन् ।
यसैबीच संयुक्त राष्ट्र संघले जबलिया, बेट लाहिया र बेट हानौन शहरहरूमा पानी र खाद्यान्नको घट्दो आपूर्तिका कारण ७५ हजार मानिसहरू घेराबन्दीमा रहेको र करिब १९ लाख मानिस अर्थात गाजाको जनसंख्याको ९० प्रतिशत सर्वसाधारण पलायन भइसकेका छन् ।