४ मंसिर,ठोरी । पर्साको सुवर्णपुरमा मङ्गलबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगङ्गा आँखा उपचार केन्द्र निचुडा , सामुदायिक आँखा अस्पताल हेटौंडा र ठोरी गापा वडा ५ को कार्यालय , सुवर्णपुरको संयुक्त आयोजनामा सन्चालित शिविरमा २०३ जनाले आँखा जाँच गराएका थिए ।
शिविरमा ११९ जना महिला र ८४ जना पुरुषले आँखा परीक्षण गराएको ठोरी –५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जानकारी दिनुभयो ।
शिविरमा आँखा जाँच गराएका मध्ये २४ जनामा मोतियाबिन्दुको समस्या देखिएको वडाध्यक्ष लोप्चनले बताउनुभयो । १३ जना महिला र ११ जना पुरुष गरी २४ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । मोतियाबिन्दुको समस्या देखिएको बिरामीहरुको यही मङ्सिर ७, ८ र ९ गते निचुडा स्वास्थ्य केन्द्रमा निशुल्क शल्यक्रिया गरिने समेत आयोजकले जानकारी दिएको छ ।
आँखा शिविरको प्रस्तावित सुवर्णपुर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक भरत बहादुर बि.सि. उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वडाध्यक्ष लोप्चन , तिलगङ्गा आँखा अस्पतालका कोअर्डिनेटर सुशिल सिंह लगायतले मन्तव्य व्यक्त गर्दै शिविरको महत्व विषयमा चर्चा गरेका थिए । कार्यक्रममा ठोरी –५ का जनप्रतिनिधिहरु , स्वास्थ्यकर्मी लगायत विभिन्न व्यक्तिहरुको सहभागिता थियो ।