Logo

५ मंसिर,काठमाडौं । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् । नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी बुधबार काठमाडौंमा अवतरण गरेका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम छ ।

नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीका रुपमा सम्मान गर्ने चलन छ । त्यही परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगेका हुन् ।


सम्बन्धित समाचार