Logo

७ मंसिर, बारा । बाराको विश्रामपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी प्रशुराम बैठ धोबीको विहीबार साँझ अल्पआयुमै भएको असामयिक निधन भएको शोकमा आज पालिकामा बिदा दिईएको हो ।

गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटोले आज एक शोक वक्तव्य जारी गदै सार्वजनिक बिदाको घोषणा गरेका हुन् । प्रशुरामको निधनबाट गाउँपालिकालाई मर्माहित बनाएको कर्मचारीहरुले बताएका छन् । गाउँपालिकाले एक कुशल र शालिन कर्मचारी गुमाएको अध्यक्ष जुल्फकारले बताए ।

भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै उनको आत्माको चिरशान्तिका लागि कामना गर्दै आज शोक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले बताए ।

पालिका अन्तर्गत रहेका सबै वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्था लगायतका कार्यालय आज बन्द रहने छ ।


सम्बन्धित समाचार