Logo

७ मंसिर,वीरगञ्ज । उपकार सेवा नेपालले पर्साको ठोरी गाउँपालिका–१ भगवाननगर स्थित वृद्धवृद्धा आश्रममा उपभोग्य सामाग्रीहरु वितरण गरेको छ । हरेक महिना जस्तैँ यस महिना पनि सँस्थाले खानेकुरा लगायतका सामाग्रीहरु वितरण गरेको हो ।

चामल ,दाल मसाला,बिस्कुट,चाउचाउ नून खानेतेल,शरफÞ,फिनायल,हार्पिक,कपडा धुने नुहाउने साबुन,सैनेट्रीपैड,डाईफर,चिउरा लगायत दैनिक उपभोग्य सामाग्रीहरु आश्रमलाई प्रदान गरेको हो । आश्रमको प्रङ्गणमा एक कार्यक्रमको आयोजना गरि संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य राम बहादुर थिङ्गलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको समाजिक अभियन्ता प्रकाश थारुले बताए ।

 


सम्बन्धित समाचार