Logo

८ मंसिर,वीरगञ्ज । पर्सामा शारीरिक सुगठन तथा फिटनेस संघ पर्सा गठन गरिने भएको छ । गहवामाई मन्दिरको अतिथि सदनमा शारीरिक सुगठन तथा फिटनेस सेन्टर संचालकहरुको भेला यस विषयमा छलफल गरेको हो ।

२० जना संचालकहरुको उपस्थिति रहेको बैठकमा पर्सा जिल्लामा शारीरिक सुगठन र फिटनेसको विकासलाई अघि बढाउने विषयमा समेत छलफल गरिएको थियो ।

वैठकमा संघ गठनको खाका तयार पार्ने, क्षेत्रीय स्तरमा फिटनेस कार्यक्रमहरु सञ्चालन गर्ने र युवाहरुलाई यस क्षेत्रमा संलग्न गराउने विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको पब्लिक फिटनेस सेन्टरका संचालक करन यादवले जानकारी दिए ।

संगठनले पर्सा जिल्लामा शारीरिक सुगठन तथा फिटनेस क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु अघि बढाउने योजना समेत बनाएको छ ।


सम्बन्धित समाचार