९ मंसिर,काठमाडौं । इजरायलको आक्रमणमा गाजामा पछिल्लो ४८ घण्टामा १ सय २० जना प्यालेस्टाइनीको ज्यान गएको छ ।
इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारे सँगै २ दिनमा पनि १ सय २० जनाको मृत्यु भएको हो । हवाई आक्रमणले मध्य गाजामा रहेको नुसीरत शरणार्थी शिविरनजिक रहेको अल फारुक मस्जिदमा पनि क्षति पुगेको छ ।
सोही क्षेत्रमा आंशिक रुपमा सञ्चालित अस्पतालमा भएको आक्रमणमा स्वास्थ्य कर्मचारी पनि घाईते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । शिविरमा समेत आक्रमण भएपछि शरणार्थीहरुको बिचल्ली भएको छ ।
खाद्यान्न र पानी अभावका कारण भोकमरीको शिकार बनेका हजारौं गाजाका सर्वसाधारण नागरिकको अवस्था नाजुक भएको समाचारमा उल्लेख छ ।एजेन्सी