Logo

९ मंसिर,वीरगञ्ज । बाराको फेटा गाउँपालिकामा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ ।

आयोगको हेटौडास्थित कार्यालयबाट आएको टोली आईतबार गाउँपालिकामा पुगेको हो । आयोगमा परेको उजुरी समबन्धि छानबिनको लागि गाउँपालिकामा टोली गएको आयोगका हेटौडास्थित कार्यालयका सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले जानकारी दिए ।

टोलीले उजुरीको छानबिनको क्रममा फाईल, कागजातहरु अध्ययन गर्न तथा विकास निर्माण सम्बन्धि नापजाँचको लागि गाउँपालिका पुगेको उनले बताए । आयोगमा उजुरीहरु रहेको तथा त्यसको छानबिनको लागि जानुपर्ने भएकाले नियमित प्रक्रिया जस्तै फेटा गाउँपालिकामा पनि टोली गएको गौतमको भनाई छ ।


सम्बन्धित समाचार