Logo

१४ मंसिर, वीरगञ्ज । बहुदरमाई नगरपालिकाको बेथिति विरुद्ध सचेत नागरिक समाज बहुदरमाईले नगरपालिकामा आज शान्तिपुर्ण धर्ना दिने भएको छ ।

विभिन्न ७ बुँदे माग सहित आज विहान १० बजे कार्यालय अगाडी धर्ना दिने कार्यक्रम राखिएको स्थानिय राकेश यादवले जानकारी दिए ।

विगत ६ महिना देखि बहुदरमाई नगरपालिकामा नगरपरिषदको नाममा ढिलाइ हुने र अहिले आएर नगरपालिकाको जनप्रतिनिधिहरुको आपसी लडाईंका कारण नगरपालिका झनझन बेथितिको सिकार बन्दै गएको छ ।

शिक्षा, स्वास्थ र नपाको कार्यालय र वडावाट प्रदान गर्ने सेवा सुबिधाहरु प्राप्त नभई आम शिक्षक, कर्मचारी र जनतालाइ मर्का हुने गरेको छ ।

७ बुंदे माग
१. कर्मचारीहरुको तलब तुरुन्तै भुक्तानी गर ।
२. किसानलाई चाहिने सुविधाहरु मलखाद, विउ, किटनाशक औषधी व्यवस्थाको लागि बजेट चलायमान गर ।
३. विद्यार्थीहरुको दिवा खाजा सुचारु गर ।
४. परिषदबाट पारित बजेटहरु पुनः संशोधन गर ।
५. समाजिक सुरक्षा भत्ता समयमै भुक्तानी गर ।
६. स्वास्थ्य संस्थामा आवश्यक औषधीहरु तुरुन्तै व्यवस्था गर ।
७. सबै वडा कार्यालय र विद्यालयहरुको खर्च व्यवस्थापन गरि सुचारु गर ।


सम्बन्धित समाचार