१५ मंसिर,काठमाडौं । ट्रकको ठक्करबाट पोखरामा एक पैदलयात्रीको मृत्यु भएको छ। ठक्करबाट पूर्वी रूकुम घर भई हाल पोखरा महानगरपालिका–२५ याम्दी बस्ने ५५ वर्षीया धन कुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग२ख १४६० नम्बरको ट्रकले जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले ट्रक चालक ४५ वर्षीय पृथि तामाङलाई नियन्त्रणमा लिएको छ।