१५ मंसिर,ठोरी । पर्साका वडाध्यक्षहरुको भेलाले वडाध्यक्ष एकता समाज नेपाल तदर्थ समिति गठन गरेको छ ।
आज ठोरी गाउँपालिकाको कार्यालय घ्याङडाँडामा सम्पन्न पर्साका वडाध्यक्षहरुको भेलाले तदर्थ समिति गठन गरेको नवगठित समितिका अध्यक्ष विजय गैरेले बताए । स्थानीय सरकारको अङ्गका रुपमा काम गरिरहँदा वडाध्यक्षहरुले भोग्नुपर्ने समस्यामा साझा धारणा बनाउन , वडाध्यक्षहरुको क्षमता अभिवृद्धि गर्न तथा वडाध्यक्षहरु बिचमा एकता कायम गर्ने उद्धेश्यले एकता समाज गठन गरिएको अध्यक्ष गैरेले बताए ।
भेलामा पर्सा जिल्लाका वडाध्यक्षहरुको सहभागिता थियो । समितिको उपाध्यक्षमा सुभाष कुमार यादव,ुसचिवमा दिपेनद्र कुमार सिँह,कोषाध्यक्षमा अष्ट बहादुर लोप्चन,सह सचिवमा मोजामिल मियाँ सदस्यमा ढेडी प्रसाद यादव,महादेव महतो थारु,जय नारायण प्रसाद कुर्मी,जय प्रकाश चौरसिया बिपन मुखिया लगायत रहेका छन ।