Logo

१५ मंसिर, वीरगञ्ज । मुद्रण व्यवसायीहरुको भेला शनिबार वीरगञ्जमा सम्पन्न भएको छ । वीरगञ्ज गेटवे होटलमा श्याम सुन्दर पौडेलको अध्यक्षतमा सम्पन्न भेलाले संघको बिभिन्न निर्णय गरेको छ । संघको भेलाले संस्थाको नामाकरण र तदर्थ समिति गठन गरेको छ ।

भेलाले पर्सा मुद्रक उधोग संघ नामाकरण गर्नुका साथै १५ जनाको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा राकेश प्रसाद कुशवाहा, उपाध्यक्षमा लालबाबु मिश्रा र राजेश प्रसाद गुप्ता, सचिवमा सरोज कुमार जयसवाल र कोषाध्यक्षमा ललित कुमार साह चयन भएका छन् ।

समितिका सदस्यहरुमा सरोज प्रसाद पटेल, बिकास कुमार जोशी, संजय कुमार साह, पुष्पराज तिमल्सीना, संदीप प्रसाद साह कानु, जय शंकर लाल, राजेन्द्र प्रसाद साह , संतोष ठाकुर, रबि कुमार कलवार लगायतका रहेका छन् ।


सम्बन्धित समाचार