१५ मंसिर, सिम्रौनगढ । सिम्रौनगढ क्षेत्रको सम्पदा संरक्षण अधारित अभिमूखिकरण कार्यक्रम आज बाराको सिम्रौनगढ–७ स्थित उद्योग वाणिज्य संघको सभा कक्षमा सुरु भएको छ ।
तिन दिन सम्म चल्ने अभिमुखिकरणमा देशभरीका पुरान सम्पदाको संरक्षण र यसमा स्थानीय तहको भूमिकाको विषयमा छलफल भएको छ । बारा निर्वाचन क्षेत्र नम्बर १ ख का बिधायक राजपती देबीको प्रमुख आतिथ्यता एवं पुरातत्व बिभागका महा निर्देशक सौभाग्या प्रधानाङ्गको अध्यक्षता भएको थियो ।
उद्घाटन सत्रमा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार, प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, वरिष्ठ पुरातत्वविद देवेन्द्रनाथ तिवारी प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुवँर लगायतको उपस्थिति रहेको छ ।
अभिमूखीकरण कार्यत्रममा समाजवेवी शेख मोतिम, उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहा, सिम्रौनगढ क्षेत्र पर्यटन बिभागका पूर्व अध्यक्ष श्याम किशोर यादव, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीय सघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पूरातत्व बिभागका रामबहादुर डुबरले स्वागत गरेको कार्यक्रम पुरातत्व बिभागकी मन्जु थापाले सन्चालन गरेकी थिईन् । सहभागी सबैले उत्खनन् स्थान पलकियामाई क्षेत्रमा पुगेर त्यहाँ उत्खनन भएको वास्तु अवशेष, माटो, खेलौना, पूजा सामग्री, कंगाल, कोईला, काशीदाकारी खपडा लगायतका प्राचिन वस्तुहरुको अवलोकन गरेको थियो ।