Logo

१७ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिका नेपाली कांग्रेसका उमेदवार प्रमुख पदमा कृष्णमान डंगोल विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका उमेदवारलाई पराजीत गर्दै मेयर पद जीत्न सफल भएका हुन ।

कीर्तिपुर नगरपालिकामा २ वडाध्यक्षसँगै मेयर पदकालागी भएको उप निर्वाचनमा तीन वटा पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका हुन । कांग्रेसका प्रमुख पदका उमेदवार कृष्णमानले ५ हजार ५०६ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले ५ हजार ६७ मत पाएका छन्। एमालेका सुरेन्द्रले ४ हजार ३२६ मत मात्र पाए।

कीर्तिपुरको मेयर पदका लागि माओवादीका शिवशरण महर्जन र एमालेका सुरेन्द्र मानन्धर प्रतिस्पर्धामा थिए। यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जन थिए।

काठमाडौँको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए।

कीर्तिपुरकै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्काले ४९५ मत पाइन्।

काठमाडौं बाहिर निराश जनक मतपरिणाम हासिल गरेको नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको परिणामले उत्साहित भएको छ ।


सम्बन्धित समाचार