Logo

१८ मंसिर, वीरगञ्ज । रोटर्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले आज बिपिसीको बी.आई.एम. बिल्डिङमा रिज्युम राइटिङ कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ।  युवाहरूलाई आफ्नो पेशागत यात्रा सुरु गर्न आवश्यक पर्ने प्रभावकारी रिज्युम तयार गर्न सहयोग पुग्ने विश्वास कार्याशालाको थियो ।

कार्यक्रममा एचआर अफिसर, क्वेस्ट फार्मास्युटिकल प्रा. लि.का विवेक कुमार चौबे प्रशिक्षकका रूपमा उपस्थित थिए । उनले सहभागीहरूलाई रिज्युम तयार गर्ने प्रविधि, प्रासंगिक सामग्रीको छनोट, र प्रस्तुति कौशलसम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गरे । सहभागीहरूले यसलाई व्यावहारिक र उपयोगी अनुभवको रूपमा लिएका छन्।

रोटर्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका विभिन्न प्रतिनिधिहरू र अतिथिहरूको उपस्थिति थियो। प्रमुख सहभागीहरूमा क्लबका पूर्व अध्यक्ष रबिन श्रेष्ठ, अध्यक्ष उमेदवार रोहित गुप्ता, कोषाध्यक्ष रामबिनय यादव, सचिव आनन्द साह, आलोक ठाकुर, नकुल गुप्ता, अमित यादव, वीरगंज पब्लिक कलेजका प्रमुख विनय श्रेष्ठ र सहायक प्रमुख अरविन्द श्रेष्ठ लगायतका व्यक्तित्वहरू थिए।

कार्यक्रममा बीबीए अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो। रोटर्याक्ट क्लबका अध्यक्ष दिपु बर्णवालले युवाहरूको क्षमता अभिवृद्धि गर्न र उनीहरूको पेशागत विकासमा सहयोग पुर्‍याउन यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

रोटर्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको यो प्रयासले समाजमा सकारात्मक प्रभाव पार्ने र युवाहरूलाई व्यावसायिक सफलता हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार