Logo

१९ मंसिर,काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार चाँदी १ हजार ८ सय ४५ रुपैँयामा कारोबार भएको थियो।

 


सम्बन्धित समाचार