Logo

१९ वीरगञ्ज, मंसिर । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन सहमतीय आधार निर्माण गर्न ६ वटा संगठनले संयुक्त आह्वान गरेको छ ।

वाम प्रगतिशील खेमाका ६ संगठनबीच भएको छलफलपछि नेपाल पत्रकार महासंघको घोषित निर्वाचन कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा र निर्धारित मितिमै सम्पन्न हुनुपर्ने, त्यसअघि सदस्यताका विषयलाई लिएर विभिन्न जिल्ला शाखाका कार्यालयमा भएका तालाबन्दीको समस्यालाई हल गर्न महासंघ नेतृत्व गम्भीर हुनुर्ने निर्णय गरेको छ ।

त्यस्तै महासंघको साझा चरित्रको रक्षा गर्दै सहमतीय अभ्यासका साथ नेतृत्व निर्माण गर्ने कुरामा ६ वटा संगठन प्रतिबद्ध रहेको पनि जनाएको छ । सहमतीय नेतृत्व निर्माण गर्ने अभ्यासमा निर्णायक भूमिका रहने नेपाल प्रेस युनियन र प्रेस बौतारी नेपालको नेतृत्वको गम्भीर ध्यानाकर्षणमा ६ वटा वाम प्रगतिशिल संगठनले विश्वास लिएको पनि जनाएको छ ।

यदि सहमतीय अभ्यासमा नलागेर प्रतिस्पर्धाको विधिबाट महासंघको निर्वाचन अगाडि बढेको अवस्थामा ६ संगठन एउटै मोर्चाका रुपमा अगाडि बढ्न प्रतिवद्ध रहने निर्णप पनि गरेको छ ।

छलफलपछिको सहमतिमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ’जुगल’, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष नारायण शर्मा, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, प्रगतिशील पत्रकार संगठन नेपालका महासचिव प्रकाश थापा, प्रेस मञ्च नेपालका महासचिव अवधेश झाले हस्ताक्षर गरेका छन् ।


सम्बन्धित समाचार